शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वन कर्मचारी र पत्रकारको आवरणमा ठगी गरेको आरोपमा २ जना पक्राउ

आइतबार, ०६ असार २०७८, १५ : ४५
आइतबार, ०६ असार २०७८

प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहानलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले बताए ।

आफुलाई वन कार्यालयको कर्मचारी र पत्रकार हुँ भनेर उनीहरुले डर देखाएर रतुवामाई–१० मा रहेको माइवेनी काठ मिलमा इन्धन तथा नगद मागेका थिए । ‘बनका कर्मचारी र पत्रकार हौं इन्धनका लागी आवश्यक सहयोग गर्नुपर्छ भनेर ठगेको पाइयो’ जिप्रका मोरङका प्रवक्ता (डिएसपी) मानबहादुर राईले भने– ‘सहयोग नगरे मिल सञ्चालकलाई काम गर्न अप्ठेरो पर्ने भनेर त्रास देखाएको खुलेको छ ।’

उनीहरुले मोरङका अन्य काठ उद्योगमा पनि त्यसरी ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले उनीहरुको साथबाट करिब ३३ हजार नगद र विभिन्न सञ्चार माध्यमको रसिद र परिचयपत्र बरामद गरेको छ । शुक्रवार साँझ पक्राउ परेका सिग्देल र चौहान बिरुद्ध ठगी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी राईले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप