काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाई सेवा
आइतबार, ०६ असार २०७८, १६ : ४८
भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको छ । राजधानी श्रीनगरमा रहेको स्टेसनसहित काश्मिर क्षेत्रका ६ हजार २१ स्टेशनमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरूका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो । रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरे । --एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ