बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दलितलाई कोठा नदिने घरबेटीलाई छुवाछुत विरुद्धको मुद्दामा म्याद थप

आइतबार, ०६ असार २०७८, १७ : १४
आइतबार, ०६ असार २०७८

दलितलाई कोठा दिन अस्वीकार गर्ने घरधनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् । आइतबार पक्राउ गरेर प्रहरीले उनीमाथि जातिय विभेद र छुवाछुत बिरुद्धको कसुरमा अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको एसपी बस्नेतले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप