शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको १२५ औं शाखा ललितपुरको नख्खु दोबाटोमा

आइतबार, ०६ असार २०७८, १९ : ११
आइतबार, ०६ असार २०७८

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा १२५ औं शाखा संचालनमा ल्याएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फ्रेन्स माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरे ।

उक्त उद्घाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्य योजना तथा रणनीतिका बारेमा प्रकाश पारे । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप