शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभाले ८.४२% लाभांश पारित

आइतबार, ०६ असार २०७८, १९ : ३४
आइतबार, ०६ असार २०७८

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा २०७८ साल असार ६ गते सम्पन्न भएको छ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट ८५ बोनस सेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

सभाले साविक १ अर्ब २ करोड  ६४ लाख ३२ हजार चुक्ता पुँजीबाट बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप