बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकामा जोर–बिजोर प्रणालीबाट ट्याक्सी चल्न दिने निर्णय

आइतबार, ०६ असार २०७८, १९ : ५०
आइतबार, ०६ असार २०७८

काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ८ बाट लागु हुनेगरी ट्याक्सी चल्न दिने निर्णय गरेका हुन् । 

निजी सवारी साधनमा जस्तै ट्याक्सी पनि जोर, बिजोर प्रणाली लागू हुनेछ । जोर दिनमा जोर नम्बर र बिजोर दिनमा बिजोर नम्बरको ट्याक्सी चल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

अन्य, सार्वजनिक सवारी साधन सञ्चालनमा वैशाख १६ देखि रोक लगाइएको थियो । सो निर्णयलाई निरन्तरता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप