डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई गाउँपालिकाद्वारा राहत हस्तान्तरण
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर मृत्यु भएको बालिकाको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ स्थित डुबेर मृत्यु भएको बालिकाको परिवारलाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरा देवी महतोले संयुक्त रुपमा राहत स्वरुप चेक हस्तान्तरण गरेका हुन् ।
पाँच जना नै बालिकाको परिवारलाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । यसअघि प्रदेश सरकारले समेत ५ जना बालिकाको परिवारलाई प्रति १ लाख रुपैयाँको दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।
करिब एक सातापूर्व मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित वडा नम्बर ६ स्थित हुलास यादवको खेतमा निर्माणधिन पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १३ वर्षिया मञ्जु पूर्वे, १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १२ वर्षीया चान्दनी ठाकुर र १२ वर्षीया ललिता साह रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु