शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

आइतबार, ०६ असार २०७८, २१ : ५७
आइतबार, ०६ असार २०७८


कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित देउराली पत्थर ढुंगामा पोखराबाट पर्वत तर्फ जाँदै गरेको मोटरसाइकल, टिप्पर​ले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।

काँडेबाट पोखरा तर्फ आउदै गरेको प्रदेश नं. ३–०१ –००३ क ५१७३ को टिप्परले पर्वततर्फ गइरहेको ग २० प ६०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बाइकमा सवार २ जनालाई तत्कालै उद्धार गरी उपचारका लागि पोखरा पठाइएको थियो । घाइते एकजनाको अस्पताल ल्याइएको केही समयमा मृत्यु भएको र नाम  ठेगाना नखुलेको अर्का घाइतेको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा पर्वत, भुकताङ्गे–१ का ३३ वर्षीय बिनोद मल्ल र अर्का नाम थर नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

टिप्पर चालक सिन्धुपाल्चोक इन्द्रावती १० का २५ वर्षीय सुरेश माझीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप