शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा घाइते भएका पत्रकार पोखरेलको मृत्यु

आइतबार, ०६ असार २०७८, २२ : ३९
आइतबार, ०६ असार २०७८

सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुराँस गाउँपालिका–१ का २८ वर्षीय ट्रक चालक वीरेन्द्र रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते पोखरेल राष्ट्रिय सञ्चार अनलाइनका सम्वाददाता हुन् ।

महासंघद्वारा शोक विज्ञप्ति जारी

पोखरेलको निधनप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले शोक विज्ञप्ती जारी गरेको छ । पोखरेलको सवारी दुर्घटनामा परि अकल्पनीय निधन भएकोप्रति महासंघले दुःख व्यक्त गरेको हो ।

साथै, महासंघले दुर्घटनाको  छानविन गरि दोषीलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप