बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेलम्बुका बाढी पीडितलाई राहत वितरण

आइतबार, ०६ असार २०७८, २३ : ५१
आइतबार, ०६ असार २०७८

हेल्प डेक्स खैरहनी चितवनले शनिवार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका बाढीबाट विस्थापित घरपरिवारहरूको लागि सोलार तथा राहत सामग्री वितरण गरेको छ ।  हेल्प डेस्कले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका लागि बाढीबाट विस्थापित ४ सय घरपरिवारका लागि चार्जरयुक्त सोलार तथा  खाद्यान्न र औषधी लगायतका सामग्री वितरण गरेको हो ।

हेल्प डेस्कले नेपाली सेनामार्फत बाढीबाट विस्थापित परिवारलाई १० थान सोलार, २० थान बत्ती, २० बोरा भुजा, ५ बोरा चिउरा, ५ बोरा दालमोठ, ७ बोरा बिस्कुट, २० कार्टुन चाउचाउ तथा स्वास्थ्य सामग्री वितरण गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप