शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री वर्षाले चलाइन् ‘मेलम्ची राहत अभियान’

सोमबार, ०७ असार २०७८, ११ : २४
सोमबार, ०७ असार २०७८

सिन्धुपाल्चोकका बाढी पीडितको राहतमा यतिबेला थुप्रै कलाकार जुटेका छन् । यस्तैमा बाढी पीडितका लागि अभिनेत्री वर्षा सिवाकोटीले पनि सहयोग अभियान सुरु गरेकी हुन् । उनले सामाजिक संजाल मार्फत ‘मेलम्ची राहत अभियान’ चलाएकी हुन् ।

उनले चलाएको यो अभियानमा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । अभियानमा प्राप्त सहयोग नामसहित सार्वजनिक समेत उनले बताएकी छन् ।

‘बाढी पिडित मेलम्चीबासी आदरणीय दाजुभाइ एवं दिदीबहिनीको सहयोगका निम्ति आफ्नो तर्फबाट केही सहयोग गर्न अग्रसर भएकी छु’ सहयोगको बिषयमा जानकारी दिँदै उनले सामाजिक संजालमा अगाडि लेखेकी छन् ‘मेरो यो सानो पहलमा हजुरहरू पनि सहभागी हुन चाहनुहुन्छ भने आउनुहोस् हातेमालो गरौं ।’  उनले सबैको प्रयासमा पिडामा रहेका मेलम्चीबासीलाई राहत मिल्ने अपेक्षा समेत गरेकी छन् ।

अभियानमा सहयोग जनाउन चाहनेले प्रभु बैंकमा रहेको केबी फाउन्डेसनको खातामा रकम पठाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप