बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दर्शकको आग्रहमा कपिलले पहिलो पटक सार्वजनिक गरे त्रिशानको तस्बिर

सोमबार, ०७ असार २०७८, १२ : ०२
सोमबार, ०७ असार २०७८

मुम्बई । कमेडियन कपिल शर्माले आइतबार फ्यानको एक डिमान्ड पुरा गरेका छन् । उनले फ्यानको डिमान्डमा आफ्नो छोरा त्रिशानको तस्बिर पहिलो पटक सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

कपिलले सार्वजनिक गरेको तस्बिरमा उनको काखमा छोरो त्रिशान र छोरी अनायरा केक काट्दै गरेको देख्न सकिन्छ । तीनै जनाले सेतो कलरको टिसर्ट समेत लगाएका छन् । 

तस्बिर शेयर गर्दै कपिल शर्माले लेखेका छन् ‘पब्लिकको जोडदार डिमान्डका कारण अनायरा र त्रिशान पहिलो पटक एकसाथ ।’
कपिल र उनकी पत्नी गिन्नी चतरथ गत १ फेब्रअरीमा त्रिशानको आमाबुबा बनेका थिए । 

जसको जानकारी कपिल आफैले सामाजिक संजाल माफर्त दिएका थिए । तर अहिलेसम्म उनले छोराको तस्बिर शेयर गरेको भने थिएनन् ।

कपिलले सामाजिक संजालमा शेयर गरेको छोरा त्रिशानको तस्बिर अहिले भाइरल भइरहेको छ । तस्बिर फ्यान तथा सेलिब्रेटीले पनि मन पराएका प्रेम प्रकट गरिरहेका छन् ।

कपिल र गिन्नीले २०१८ को डिसेम्बर महिनामा बिवाह गरेका थिए । २०१९मा उनीहरु पहिलो पटक छोरीको अभिभावक बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप