शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण

सोमबार, ०७ असार २०७८, १३ : २१
सोमबार, ०७ असार २०७८

 लायन्स क्लब अफ काठमाडौँ समर्पण, विश्व हिन्दू परिषद् नेपाल र हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण गरिएको छ । 

बिहिबार परेको अविरल वर्षापछि ठूलो जनधनको क्षति पुगेको हेलम्बुका जनताको पीडामा मल्हम लगाउन आइतबार हेलम्बु पुगेको लायन्स क्लब र हिन्दू परिषद्को टोलीले २०० परिवारका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । 
हेलम्बुका स्थानीय समाजसेवी तासी लामा, छिरिङ लामासहित हेलम्बु  पुगेको उक्त टोलीले खाद्यान्न, ग्याँस चुल्हो, थर्मोस, डिनर सेट, लामखुट्टे भगाउने धुप, औषधी, कम्बल, त्रिपाललगायतका सामाग्री गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जिङ शेर्पाको रोहवरमा वितरण गरिएको लायन्स क्बल अफ काठमाडौँ समर्पणका सदस्य एवम् समाजसेवी विवेक शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप