शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल शुरु

सोमबार, ०७ असार २०७८, १६ : ५०
सोमबार, ०७ असार २०७८

सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमाथिको छलफल शुरु भएको छ । आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहले बजेटमाथिको छलफलका लागि प्रदेश सभामा प्रस्ताव पेश गरेपछि प्रदेश सभा सदस्यहरुले आफनो धारणा राख्न सुरु गरेका हुन् । 

आठौं अधिवेशनको १४ औं बैठक अन्र्तगत बजेटमाथिको छलफलमा सत्तापक्षका प्रदेश सभा सदस्य अम्मरबहादुर साउँद, प्रेमप्रकाश भट्ट, प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेसका प्रदेश सभा सदस्य टेकबहादुर रैका र कर्णबहादुर मल्लले धारणा व्यक्त गरेका थिए ।

पहिलो दिनमा छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरुले बजेट कम र कार्यक्रम धेरै समेटिएको बताएका थिए । सत्तापक्षका प्रदेश सभा सदस्य अम्मरबहादुर साउदले बजेटले सबै क्षेत्र समेटे पनि आम नागरिकले महशुष गर्ने गरी कार्यक्रम बन्न नसकेको बताए ।

उनले विपदबाट हुने क्षति न्यूनिकरणका लागि प्रदेश सरकार तयार हुनुपर्ने सुझाव दिए । उनले भने, ‘अहिले देश बाढी, पहिरो लगायतका कारण आक्रान्त भएको छ । हाम्रो प्रदेशमा पनि केही घटना भइसकेका छन । यसको जोखिम नियन्त्रणका लागि प्रदेश सरकार गम्भिर हुनुपर्छ र तत्काल राहत तथा उद्धारको काम प्रभावकारी बनाउनुपर्छ ।’

प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले प्रदेश गौरवका योजनामा प्रदेश सरकारले न्यून बजेट राख्नु उचित नभएको बताए । उनले भने –‘प्रदेश गौरवका आयोजनामा न्यून बजेट हु“दा त्यसमा गुणस्तरीय काम नहुने र जनताले दुःखमात्र पाउने देखिन्छ ।’ उनले ठुला कार्यक्रम प्रदेश सरकारले निर्माण गरी प्रदेशको विकास गर्न तर्फ केन्द्रित हुनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य टेकबहादुर रैकाले बजेटले प्रदेश सभा सदस्यहरुमै विभेद गरेको कुरा दोहोर्याए । उनले भन, ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम भनेर सरकारले बजेट विनियोजन गरेको छ । यसमा प्रत्यक्षलाई मात्र समेटिएको छ । हामी समानुपातिक प्रदेश सभा सदस्यमाथि यो विभेद होइन र ?’ उनले प्रदेश सरकारसंग आफुले कुनै योजना माग नगर्ने र आफनो निर्वाचन क्षेत्रमा जनताको आवश्यकता विना हालिएका योजना फिर्ता गराउन पनि तयार रहेको बताए ।

प्रदेश सभाको अर्को बैठक भोली (मंगलबार) दिउ“सो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराए ।

हत्यारा पत्ता लगाउन माग
यसैबीच प्रदेश सभा सदस्यहरुले डडेल्धुराको जोगवुढामा स्वास्थ्यकर्मी अस्मिता धामीका हत्यारा पत्ता लगाइ कार्वाही गर्न माग पनि गरेका छन् । हत्यारा जो सुकै भए पनि कानुनको दायरामा ल्याउन बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरुले आग्रह गरेका थिए ।

प्रदेश सभा सदस्य कुन्ती जोशीले हत्यारा पत्ता लगाइ हदैसम्मको कार्वाही गर्न माग गरिन् । उनले धामीका परिवारलाई क्षतिपूर्ति र दुईवटा नावालक सन्तानको लालनपालनमा समेत ध्यान दिन प्रदेश र संघ सरकारलाई आग्रह गरिन् ।
स्वास्थ्यकर्मी धामीका हत्यारा पत्ता लगाउन आवश्यक पहल लिनका लागि प्रदेश सभा सदस्यहरु पठानसिंह बोहरा, भरत खड्का र गोविन्द बोहराले पनि आग्रह गरेका थिए । बैठकमा ती प्रदेश सभा सदस्यहरुले बाजुरा, डोटी र बझाङ्गमा बाढी पहिरोमा परेर पा“च जनाले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै थप धनजनको क्षति हुन नदिने गरेर काम गर्न पनि सरकारलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप