बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षयले सुरु गरे ‘रक्षाबन्धन’ को सुटिङ

सोमबार, ०७ असार २०७८, १७ : ४०
सोमबार, ०७ असार २०७८

कोरोनाको कहर कम भएसँगै भारतीय सरकारले लकडाउनमा केही छुट दिन थालेका छन् । जसको कारण बलिउड फिल्मको सुटिङ सुरु हुन थालेका छन् ।  अभिनेता अक्षयकुमारले पनि फिल्म ‘रक्षाबन्धन’ को सुटिङ सुरु गरेका छन् । छायाँकन स्पोटको एक तस्बिर शेयर गर्दै अक्षयले यसबारे जानकारी दिएका हुन् ।

तस्बिरमा अक्षयकुमार निर्देशक आनन्द एल रायसँग देखिएका छन् । उनले पहेलो कुर्ता र ग्रे पाइट लगाएका छन् । तस्बिरमा अक्षय आनन्दसँगै बसेर कुरा गरिरहेका छन् । अक्षयको हातमा क्ल्याप पनि देख्न सकिन्छ ।
फिल्म ‘रक्षाबन्धन’ मा अक्षयको बहिनीको भूमिका साहेजमीन कौर, दीपिका खन्न, सादिया खतिव र स्मृति श्रीकांतले निभाएका छन् । अक्षयकुमारले यो फिल्म आफ्नो बहिनी अलकालाई समर्पित गरेका छन् । अलका यो फिल्मको सह प्रोडुसर पनि हुन् । फिल्म ‘रक्षाबन्धन’ को रिलिज मिति  ५ नोभेम्बर बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप