बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध सहित १ जना पक्राउ

मङ्गलबार, ०८ असार २०७८, १० : ०३
मङ्गलबार, ०८ असार २०७८

मोरङ सुन्दरहरैचा नगरपालिका-६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले  सुन्दरहरैचा नगरपालिका-५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ परेका विश्वकर्माले बोकेको व्याग भित्र DIALEX-DC 100 ML को  २५ बोतल, NITRAVET-10 लेखिएको ४३५ ट्याबलेट र SPASMO-PROXYVON PLUS १४४ ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप