मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट ल्याउँदै गरेको अवैध ३० केजी सुर्तीसहित २ जना पक्राउ

मङ्गलबार, ०८ असार २०७८, १० : १६
मङ्गलबार, ०८ असार २०७८

भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का  १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का  १७ वर्षीय आशिष गिरी छन् । 

उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर ३० केजी  सुर्ती ल्याइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए । 

प्रहरीले बरामद भएको अवैध सुर्ती आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप