शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनामा नेपाली महिलाको भर्तीको मुद्दा किन भयो भाइरल ?

मङ्गलबार, ०८ असार २०७८, ११ : ०८
मङ्गलबार, ०८ असार २०७८

भारतीय सेनामा नेपाली महिलाको भर्तीको मुद्दा आजकाल नेपालमा चर्चाको विषय बनेको छ ।

यस्तो काठमाडौंस्थित भारतीय दूतावासको वेलफेयर ब्रान्चको एउटा सूचना सोसल मिडियामा भाइरल भएपछि भएको हो ।

यसपछि यो सूचना अनलाइन मिडियामा निकै छायो । नेपालका नेता र जानकारले पनि यसबारे विभिन्न प्रतिक्रिया दिए ।

यद्यपि, भारतीय सेनाले पछि यसमा संसोधन गर्दै यो भर्ती नेपाली महिलाका लागि नभएको बतायो ।

के थियो विज्ञापन ?

भारतीय सेनाले २८ मेमा सय महिला सैनिक भर्ती गर्ने घोषणा गर्यो । यो जानकारी भारतीय सेनाको ज्वाइन इन्डियन आर्मी वेबसाइटमा चार जूनमा साझा गरियो । यसमा शैक्षिक योग्यतामा सबै गोरखा (नेपाली र भारतीय) का लागि १० कक्षा पास हुनुपर्ने बताइयो ।

भर्ती सम्बन्धि जानकारीको विवरण अनुसार १० कक्षा पास नेपाली महिलाको नियुक्ति भारतीय सेनामा हुनसक्नेछ ।

यो विज्ञापन नेपालमा त्यतिबेला चर्चा भयो जब यसलाई नेपाली भाषामा अनुवाद गरेर सोसल मिडियामा सेयर गरियो । यो सेयर गर्नेहरुमा भूपू परिवार नामको एउटा फेसबुक पेज पनि छ । यो फेसबुक पेजका सदस्य पूर्व भारतीय गोरखा हुन् ।

उक्त सूचनामा नेपाली महिलालाई यो आवेदनका लागि अनुमति छ भनिएको छैन तर शैक्षिक विवरणको स्थानमा १० कक्षा पास नेपाली गोरखा महिलाबारे पनि कुरा गरिएको छ ।

यद्यपि, यो जानकारी अब भूपू परिवारको पेजमा छैन ।

यो जानकारी त्यतिबेला सोसल मिडियामा भाइरल हुन थाल्यो जब मानिसहरुले सोसल मिडियामा नेपालको जानकारी बिना भारतीय सेनाले नेपाली महिलालाई नियुक्त गर्न लागेको बताइयो ।

यद्यपि, कतिले यसलाई नेपाली महिलाका लागि अवसरको रुपमा पनि पेश गरे ।

तालिम सेन्टरले गरे प्रचारः

अनलाइन मिडिया र सोसल मिडियामा जानकारी फैलिएपछि गोरखा रेजिमेन्टमा बहालीका लागि युवालाई तयार पार्ने प्रशिक्षण केन्द्रले पनि यसको प्रचार गरे ।

तालिम सेन्टर चलाउनेहरुले विश्वसनीय फेसबुक पेज र अनलाइन न्यूज माध्यममा खबर देखेपछि आफूहरुले प्रचार गरेको बताए ।

बुटबलस्थित क्रश फायर गोरखा तालिम सेन्टरका निर्देशक पवन शाह ठाकुरीले आफूले यो विज्ञापनलाई भारतीय सेनाको वेबसाइटमा गएर हेरेको र त्यहाँ नेपाली महिला पनि यसमा भर्ती हुनसक्ने जानकारी दिइएपछि आफूले पनि यसबारे विज्ञापन दिएको बताए ।

सोसल मिडियामा विरोधः

यो खबरको नेपालमा भारी विरोध पनि देखियो र मानिसहरुले यसलाई भारतको अनुचित कदम बताउँदै यसबारे आफूहरुलाई केही पनि जानकारी नभएको बताए ।

एमाले नेता भीम रावलले भारतको यो कदम सम्झौताको उल्लंघन भएको बताए ।

यस्तै एमालेका अर्का नेता विजय पौडेलले पनि नेपालीहरुलाई विदेशी सेनामा भर्नो गर्ने प्रणालीमा रोक लगाउनुपर्ने बताए ।

भारतीय सेनाले गल्ती सुधार्‍योः

नेपालमा जब यो मुद्दामा चर्चा बढ्यो तब भारतीय सेनाले २८ मेमा जारी विज्ञापनमा सुधार गर्‍यो । १५ जूनमा गरिएको यो सुधारमा भारतीय गोरखामात्रै यसमा समावेश हुनसक्ने बताइयो ।

भारतीय सेनाका सेवानिवृत्त कर्नल तथा फेडरेशन अफ एक्स सर्भिसम्यान एण्ड पुलिस वेलफेयर नेपालका धन बहादुर थापाले बयान जारी गरेर विज्ञापनमा गल्ती भएको र भारतीय सेनामा नेपाली महिलाको नियुक्तीमा मानिसहरुको विभिन्न बयानमाथि दुःख पनि व्यक्त गरे ।

फेडरेशनले मानिसहरुलाई भारत र नेपालबीच तनाव उत्पन्न गराउने किसिमका बयान दिनबाट बच्न अपिल गरेको छ ।

विदेशी सेनामा नेपाली महिलाः

हालसम्म नेपालका महिला कुनै पनि विदेशी सेनामा समावेश छैनन् । यद्यपि, नेपाली बोल्ने महिला, जो भारतीय र बेलायती नागरिक हुन्, उनीहरुले ती देशका सेनामा काम गरिरहेका छन् ।

बेलायतले सन् २०२० मा गोरखा भर्तीमा नेपाली महिलालाई समावेश गर्ने आफ्नो निर्णयलाई सार्वजनिक गरेको थियो । बेलायती सरकारको यो निर्णयको नेपालमा निकै विरोधी देखियो । संसदीय समितिले नेपालका विदेश मन्त्रालयलाई यो लागू नगर्न निर्देशन दिएको थियो ।

अघिल्लो वर्ष नेपालको विदेश मन्त्रालयले बेलायतलाई एक पत्र लेखेर सन् १९४७ मा गोरखा नियुक्तिको विषयमा नेपाल, भारत र बेलायतीबीच भएको त्रिपक्षीय कानूनको समीक्षा गर्न आग्रह गरेको थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप