मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारसँग एक्सन फिल्म गर्नेछन् सुनिल शेट्टीका छोरा अहान

मङ्गलबार, ०८ असार २०७८, १२ : २५
मङ्गलबार, ०८ असार २०७८

सुनिल शेट्टीका छोरा अहानको डेब्यू फिल्म ‘तडप’ रिलिज पनि भएको छैन उनको खातामा एउटा अर्को ठूलो फिल्म परेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने उनी तडपकै निर्देशक साजिद नाडियाडवालाको एउटा ठूलो प्रोजेक्टमा अक्षय कुमारसँग स्क्रिन सेयर गर्नेछन् । फिल्मको विषयमा धेरै जानकारी अहिले सार्वजनिक भएको छैन । तर यो फिल्म एक्सन थ्रिलर फिल्म हुने बताइएको छ ।

अक्षय कुमार र सुनिल शेट्टी निकै राम्रा साथी हुन् । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेका छन् ।

मार्चमा अक्षयले अहानको डेब्यू फिल्म ‘तडप’ को पोस्टर सेयर गर्दै लेखेका थिए, ‘अहान तपाईंको लागि यो ठूलो दिन हो । मलाई आज पनि तिम्रो पापा सुनिल शेट्टीको पहिलो फिल्म ‘बलवान’ को पोस्टर याद छ र आज म तिम्रो पोस्टर प्र्रस्तुत गरिरहेको छु ।’

मिलन लुथरियाको निर्देशनमा बनेको ‘तडप’ २४ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप