शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाह अघि म गर्भवती भए के गर्नुहुन्छ ? छोरीको प्रश्नमा अनुराग कश्यपले दिए यस्तो जवाफ

मङ्गलबार, ०८ असार २०७८, १३ : ४७
मङ्गलबार, ०८ असार २०७८

बलिउड फिल्म निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप सोसल मिडियामा निकै चर्चित छिन् । आलिया एक स्टार किड हुनुका साथै युट्युबर पनि हुन् । आलिया कश्यपले फादर्स डेको मौकामा एउटा नयाँ भिडियो सेयर गरिन् जसमा उनले आफ्ना पिता अनुराग कश्यपसँग केही असहज सवाल जवाफ गरिरहेकी छिन् ।

आलिया कश्यप र उनका प्रेमी शेन आजकाल मुम्बईमा आएका छन् र अनुरागसँग बसिरहेका छन् । अनुराग कश्यपले यो भिडियोमा आफूले छोरी आलियाका प्रेमी शेन ग्रोइगोइरलाई मन पराउँछन् कि पराउँदैनन् भनेर बताएका छन् । यसबाहेक अनुरागले विवाह अघि यौन सम्बन्धजस्ता विषयमा पनि आफ्नो विचार राखेका छन् । यी प्रश्न अनुरागका लागि आलियाका प्रशंसकले पठाएका थिए ।

आलियाले पिता अनुराग कश्यपलाई उनी उनका प्रेमी शेनबारे के सोच्छन् भनेर सोधिन् । अनुरागले जवाफमा भने, ‘मलाई शेन मनपर्छ । मलाई तिम्रो साथीको छनौट र केटाहरुको छनौट मनपर्छ । शेन निकै राम्रा छन् । उनी निकै आध्यात्मिक छन्, निकै शान्त छन्, उनीसँग यस्ता थुप्रै गुण छन् जुन ४० वर्षको पुरुषमा पनि हुँदैन, यदि हामीले भिन्न भिन्न स्थितिको कुरा गर्ने हो भने ।’

जब आलियाले अनुरागसँग केटीहरुले आफ्ना केटा साथीहरुसँग समय बिताउने र घुम्नेबारे कस्तो लाग्छ भनेर पितालाई सोध्दा उनले भने, ‘मलाई यो ठिक लाग्छ । मलाई यो सबैकुरा ठिक लाग्छ । मलाई लाग्छ यो प्रश्न हाम्रा माता पिताको बच्चा प्रति प्रतिक्रियापश्चात् उठ्ने गर्छ । तर मैले बुझेको छु कि आमाबुवाले अब यो बुझ्नुपर्छ कि जुन भारतबाट उहाँहरु आउनुभएको थियो यो अब त्यस्तो रहेन ।’

अनुरागले थपे, ‘यो सबै उनीहरुको दिमाग र उनीहरुको शहरमा छ । हामी हाम्रो बच्चाभन्दा बढी दबाबमा हुर्किएका हौं । हाम्रा बच्चाहरु आफ्नो भावना व्यक्त गर्नमा हामीभन्दा राम्रा छन् र उनीहरुले सधैं आफ्नो कुरा भन्नेछन् । मलाई लाग्छ कि हामीले आफूमाथि भएको चिजलाई उनीहरुमाथि थोपर्न बन्द गर्नुपर्छ ।'

अनुराग कश्यपले आलियाले आफूलाई थुप्रै पटक रक्सीले मातेका बेला फोन गरेको खुलासा गरे । यतिमात्रै होइन, आलियाले आफ्ना साथीसँग पनि अनुरागसँग कुरा गराइन् । उनका साथीहरुले अनुरागको फिल्म ग्याङ्ग्स अफ वासेपुरको डायलग उनलाई सुनाएका थिए ।

आलियाले अनुरागसँग प्रश्न गरिन्, ‘यदि मैले रक्सीले मातेका बेला तपाईंलाई फोन गरेँ भने के होला ?’ अनुरागले भने, ‘तिमीले यस्तो थुप्रै पटक गरेकी छौ । तिमीले सधैं मलाई एउटा दराजमा बसेर फोन गरेकी छौं र मलाई सबैसँग फोनमा कुरा गराएकी छौं । पार्टीमा तिमीले मलाई आफ्ना हरेक साथीसँग बोल्न लगाएकी छौ र तिमीले सबैलाई ग्याङ्ग अफ वासेपुरको डायलग बोल्न लगाएकी छौ ।’

आलिया कश्यपले सोधिन् ‘यदि म मेरा प्रेमीसँग स्लीपओवरमा गएँ भनेर के होला ? ’ यसबारे अनुरागले जवाफ दिए, ‘तिमी अब ठूली भइसकेकी छौ, तिमीले आफ्नो निर्णय अब आफै लिन सक्ने भएकी छौ । मलाई लाग्दैन कि मेरो यसबारे बोल्ने कुनै अधिकार छ । म तिम्रोबारे चिन्ता मात्रै गर्न सक्छु । म तिमीलाई ‘विचार गर है’ मात्र भन्न सक्छु र आफ्नो फोन अन राख्नेछु ता कि तिमीले जतिबेला पनि मलाई फोन गर्न सकोस् ।’

सबैभन्दा कठिन प्रश्नमध्ये एक त्यो हो जब आलियाले सोधिन् कि ‘यदि म गर्भवति भएँ भने तपाईंको प्रतिक्रिया के होला ?’ यसबारे अनुरागले जवाफ दिए, ‘म तिमीलाई सोध्नेछु कि के तिमी साँच्चै यस्तो गर्न चाहन्छौ ? तिमीले जे चाहन्छौ त्यसमा म तिमीलाई साथ दिनेछु, यो कुरा तिमीलाई थाहा छ ।’ यसबारे थप भन्न आग्रह गरेपछि अनुराग भन्छन्, ‘तिमीले जे छनौट गर्छौ, त्यो मेरो लागि मान्य हुनेछ । तर तिमीले यो कदमको मूल्य चुकाउनुपर्छ भनेर पनि तिमीलाई पक्कै भन्नेछु तरपनि म तिमीलाई साथ दिनेछु ।’

आलिया कश्यपले अनुराग कश्यपलाई अन्तिम प्रश्न विवाह अघि यौनसम्बन्धबारे सोधिन् । यसको जवाफमा अनुरागले भने, ‘यो यस्तो प्रश्न हो जुन हामी ८० को दशकमा सोध्ने गर्दथ्यौं । मलाई लाग्छ कि अब हामी यो प्रश्नभन्दा अघि बढ्नुपर्छ । यो प्रश्न हामी त्यतिबेला सोध्ने गर्दथ्यौं जब हामी कलेजमा थियौं । नैतिकता देखाउने कोसिस गर्दथ्यौं ।’

यसबारे आलियाले भनिन्, ‘अब यस्तो हुनैपर्छ भन्ने मलाई लाग्दैन । अब समय अघि बढिसकेको जस्तो मलाई लाग्छ ।’

अनुरागले भने, ‘होइन, हामीले यौनिकता, यौन र हाम्रो शरीरलाई बुझ्नुपर्छ । हामीले दबाबमा आएर केही गर्नुभन्दा अघि सोच्नुपर्नेछ । कूल देखिनका लागि गरिएका कुराहरु राम्रा हुँदैनन् । केही मानिसहरुको समूहमा प्रवेश गर्नका लागि केही गर्नु राम्रो होइन । जे गर्नुछ त्यो गर तर यसकारण गर किनभने तिमी त्यो काम गर्न चाहन्छौ, किनभने तिमी तयार छौ र तिमीसँग कोही छ । यो विशेष हुन आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप