टोखा नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २० लाख सहयोग
टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको जानकारी दिइन् । “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उदेश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ,” उनले भनिन् । टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ ।
बुधबार राति आएको बाढीले मेलम्ची बजार डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै, टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम भोलि (बुधबार) नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरिन्होलाई प्रतिबन्ध र जरिवाना
-
सञ्जुको शतकसामु नतमस्तक बन्यो दक्षिण अफ्रिका
-
कर्णालीका ८ स्थानीय तहमा उपनिर्वाचन : कस्तो छ दलहरूको तयारी ?
-
ट्रम्पको हत्याको षड्यन्त्र गरेको आरोपमा अफगान नागरिकविरुद्ध मुद्दा दायर
-
के तपाईँ आफ्नो बच्चामा लजालुपनको कारण त बन्दै हुनुहुन्न ?
-
एमाले महासचिव पोखरेललाई भ्रातृशोक