बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाटा ड्रिभन मार्केटिङ सेवा प्रदान गर्न एडीए र आउटरिच नेपाल बीच सहकार्य

मङ्गलबार, ०८ असार २०७८, १५ : १५
मङ्गलबार, ०८ असार २०७८

काठमाडौं । एडीएले आउटरिच नेपालसँग साझेदारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्रान्डहरु लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवर्धन अभ्यासको थालनी गर्ने भएको छ । 

यो साझेदारीले गरेर आउटरिचले बिजनेस इन्साइट, डाटा इन्रिचमेन्ट र एडभान्स एनलाइटिक्सको प्रयोगले उपभोक्ताहरुको मानसिकता बुझ्न र डिजाइन डाटा(ड्रिभन क्रिएटिभ मार्केटिङ स्ट्राटेजि तय गर्न मद्दत पुग्नेछ ।

यो साझेदारीका सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्दै एडीए बंगलादेशका प्रबन्ध निर्देशक असरफउलहकले भने, ‘मलाई विश्वास छ आउटरिचसँगको यो सहकार्यले युनिक डाटा र एनलाइटिक्स ड्रिभन सोलुसन प्रदान गर्नमा मद्दत पुर्याउने छ । यसले संगठनको रुपमा हाम्रो क्षितिजहरुलाई फराकिलो बनाउँदै डाटा बेस्ड बिजनेस सोलुसनको आधार खडा गर्ने छ ।’

यही साझेदारीको विषयमा बोल्दै आउटरिच नेपालका संस्थापक प्रबन्ध निर्देशक उजय शाक्यले भने, ‘हामी नेपाल माइन्नोभेटिभ एडभर्टाइजिङ र ब्रान्ड मार्केटिङ प्राक्टिस सुचारु गर्नेे एजेन्सी भएकोमा गर्व गर्दछौं र त्यही परम्परालाई कार्यरत गर्दै एडीएसँग साझेदारी गरेर डाटा र एनलाइटिक्स ड्रिभन स्ट्राटेजिक एप्रोचको सुरुवात गर्दैछौं । यसले ब्रान्डहरुका लागि बजारिकरण र व्यापारिक लक्ष्य हासिल गर्नमा मद्दत गर्नेछ । साथै यसले हाम्रा युवा पुस्ताहरु जो बढी डिजिटलमैत्री छन् उनीहरुलाई पनि विज्ञापनको क्षेत्रमा आउन आकर्षित गर्नेछ ।’

एडीए र आउटरीचले यो साझेदारीले उपभोक्ताहरुको परिवर्तित मानसिकता र जीवनशैलीलाई मध्यनजर राख्दै विज्ञापन अभ्यासहरुको नयाँ तरङ्ग ल्याउने अपेक्षा गरेको छ ।

दक्षिण र दक्षिण पूर्वी एशियामा पहिलेदेखि नै प्रभावकारी रुपमा संचालित एडीए एक डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइडर संस्था हो । जसले विभिन्न प्रकारका ब्रान्डहरुका लागि बृहत्तर डिजिटल प्रचार अभियानको डिजाइन एवं कार्यान्वयन गर्ने गर्छ । एडीएले आफ्नो डाटा(ड्रिभन एप्रोचको साथ ३७५ मिलियन ग्राहकहरुलाई उनीहरुको डिजिटल विज्ञता प्रदान गर्दै आइरहेको छ । 

आउटरिच नेपाल, नेपालमा संचालित एक विज्ञापन एजेन्सी हो । यो एजेन्सीले सन् २००३ देखि विभिन्न ब्रान्डहरुका लागि सिर्जनात्मक विज्ञापन अभियानहरुमा काम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप