शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन क्याम्पसका संस्थापक परमानन्द केजरीवालको निधन

मङ्गलबार, ०८ असार २०७८, १५ : २६
मङ्गलबार, ०८ असार २०७८

काठमाडौं । नेपालको पहिलो सुचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन क्याम्पसका संस्थापक परमानन्द केजरीवालको ६६ वर्षको उमेरमा काठमाडौंमा आइतबार असामयिक निधन भएको छ । 

केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षा प्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षाको विकास गर्नको लागी सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको स्थापना गरेका थिए ।  

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठनपाठन गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप