बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा हरियाली, एकैदिन बढ्यो ७९.४४ अंकले नेप्से

मङ्गलबार, ०८ असार २०७८, २२ : ३७
मङ्गलबार, ०८ असार २०७८

साताव्यापी गिरावटपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ । 

जबकी गत सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६.०१ अंकले बढेर ५३६.१५ विन्दुमा पुगेको छ । 
आज सेयर बजार खुले देखिनै सकारात्मक संकेत देखिएकोमा सबै जसो समूहहरु धनात्मक (पोजेटिभ) देखिएका छन् भने, ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट नै लागेको छ ।

 यता, दुई दर्जन भन्दा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएका छन् ।

यस दिन २२५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १ लाख १२ हजार ५० पटक किनबेच हुँदा कुल १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप