शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा एक पुरुष मृत भेटिए

मङ्गलबार, ०८ असार २०७८, १६ : ४९
मङ्गलबार, ०८ असार २०७८

पोखरामा एक ब्यक्तिको शव खोलामा तैरिएको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका २३ स्थित हर्पन खोलामा कार्कीको तगरा माझथुम बस्ने नारायणप्रसाद अधिकारी पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको हुन ।
सोमबार राती करिब साढे १० बजे साथीहरूसँग नयाँ बस्तीस्थित एक रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा ४४ वर्षीय अधिकारी बेपत्ता भएका थिए । 

अधिकारी हराएको प्रहरीलाई खबर गरिएपछि खोजी कार्यका लागि उक्त स्थानमा खटिएको प्रहरी टोलीले रहमा तैरिरहेको अवस्थामा शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी उपरिक्षक विनोद सिलवालले बताए । 
साथीहरूले हराएको भनी दिएको सूचनाका आधारमा खोजतलास गर्दा मंगलबार अधिकारी मृत फेला परेको सिलवालले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप