बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभा लगातार तेस्रोपटक स्थगित

मङ्गलबार, ०८ असार २०७८, १९ : ३८
मङ्गलबार, ०८ असार २०७८

कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको ११ औँ बैठक लगातार तेस्रो पटक पनि स्थगित भएको छ । यसअघि शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नवसी स्थगित भएकोमा मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित भएको हो । 

असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरेयता कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन ।  मंगलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक नबसेरै सूचना टाँसेर स्थगित ११ गतेसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक असार ११ गते दिउँसो २ बजे बोलाइएको संसद सचिवालयले रातोपाटीलाई जानकारी दियो । बैठक नबस्दा आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु हुन सकेको छैन । 

‘फ्लोर क्रस’ गरी नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई समर्थन गरेपछि एमालेले कारबाही गरेका चार सांसदको सर्वाेच्चले पुनर्बहाली गरिएपछि प्रदेशसभा सामान्य तरिकाले चल्न सकिरहेको अवस्था छैन । नेकपा विवादको साइड इफेक्ट यतिबेला कर्णाली प्रदेशसभामा परिरहेको छ ।

चार जनामध्ये तीन जना अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही माओवादी केन्द्र नेतृत्वको सरकारमा मन्त्री छन् भने नेकपा एमाले संसदको प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको छ । जसका कारण प्रदेशसभा सहज तरिकाले चल्न सक्ने स्थिति छैन । एमालेले सत्तापक्षलाई रातो किताब ल्याउन भनिरहेको छ । तर, रातो किताब सरकारले बनाउन सकिरहेको अवस्था छैन् । यस्तै एमालेले सरकारमा सहभागी एमाले खनाल–नेपाल समूहका तीनै जना सांसदलाई एमालेले संसदीय दलले मन्त्रीबाट हट्नका लागि निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप