नेपालमा नोकिया जी २० र जी १० सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य
काठमाडौं । एचएमडी ग्लोबल द होम्स अफ नोकियाले नोर्डिक इन्जिनियरिङको ‘नोकिया जी २०’ र ‘नोकिया जी १०’ सार्वजनिक गरेको छ । तीन दिनको ब्याट्री लाइफ भएको उक्त फोन व्यस्त रहनेहरुका लागि विशेष उपयोगित हुने कम्पनीको दावी छ ।
नयाँ जी–सिरिजले नोकिया स्मार्टफोनको लागि अझै लामो ब्याट्री लाइफ समेटेको समेट्नुका साथै यो स्मार्टफोनको हर्टल्यान्ड भएको कम्पनीले जनाएको छ । नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइड स्क्रिनमा वा म्याक्रोको र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २०ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीले जनाएको छ ।
जी २०, ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको साथ बजारमा आएको छ । वाइड स्क्रिन र विस्तृत माइक्रो लेन्सले ठूलो पर्दामा इमेज कैद गर्दछ । नोकिया जी २० मा ६.५ इन्चको टिएर ड्रप डिस्प्ले रहेको छ । यसको ५०५० एमएएच ब्याट्रीको साथ, यसले एकल चार्जमा तीन दिनसम्म पावर प्रदान गर्ने कम्पनीले बताएको छ ।
नोकिया जी २० दुई वटा रंगको भेरियन्टमा उपलब्ध छ । नाइट र ग्लेसियर । ४/६४ जीबीको भेरियन्टको नेपाली मूल्य १९ हजार ९ सय ९९मा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी नोकिया जी १० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र डस्क । ४/६४ जीबीको भेरियन्टको मूल्य १६ हजार ९ सय ९९मा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके