शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीम रावलको प्रश्नः  प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला?

मङ्गलबार, ०८ असार २०७८, २२ : ००
मङ्गलबार, ०८ असार २०७८

एमाले नेता भीम रावलले आज सर्वोच्च अदालतको आदेशले कामचलाउ प्रधानमन्त्री केपी ओलीबाट भएको गलत कार्य खारेज भएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धति अबलम्बन गरिएकोमा त्यसलाई सर्वोच्चले खारेज गरेको उनको भनाइ छ ।

उनले यो आदेशपछि के प्रधानमन्त्रीले राजनीतिक नैतिकताको बोध गर्नुहोला भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’

उनले मन्त्रिपरिषद् विस्तार हुँदा पनि ओलीको यो कदम चरम बेथिति र मन्त्रिपरिषद् प्रतिकै अवमूल्यन भएको टिप्पणी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप