बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?

मङ्गलबार, ०८ असार २०७८, २२ : २६
मङ्गलबार, ०८ असार २०७८

प्रधानमन्त्रीका एक सल्लाहकारले सर्वोच्च अदालतले मंगलबार २१ मन्त्री पदमुक्त गर्ने आदेशप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र भन्दै प्रश्न गरेका छन् । 

ट्वीटरमा उनले लेखेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ? माधव–रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ?’ उनले अगाडि थपेका छन्, ‘देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ?  प्रतिष्ठा कायम रहोस्, बस ! मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?’

आजै प्रधानमन्त्री ओलीले पदमुक्त भएका मन्त्रीहरुसँग पनि बालुवाटारमा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्नुपर्ने भएपनि संविधान र कार्यक्षेत्र मिचेर आदेश आएको गुनासो गरेको एक मन्त्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप