शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मर्स्याङ्दीको बहाव फेरि बढ्दै

मङ्गलबार, ०८ असार २०७८, २२ : ३५
मङ्गलबार, ०८ असार २०७८

मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दीको नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । 

चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप