पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण
पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ । राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र (एनकोक) का अनुसार सोमबार पाकिस्तानमा गरिएको ३९ हजार नमुना परीक्षणबाट ६६३ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।
पाकिस्तानमा कोभिड–१९ को तेस्रो लहर उच्च रहेका बखत संक्रमण दर ११ प्रतिशतभन्दा बढी भएको थियो । तर सरकारले व्यापक खोप अभियान सञ्चालन गर्नुका साथै नियन्त्रणका उपाय अबलम्बन गरेपछि संक्रमण हुने दरमा कमी आएको हो ।
पाकिस्तान सरकारले कोभिड–१९ फैलिन नदिन व्यवसाय, शिक्षाका साथै सामाजिक कृयाकलापमा कडाई गरेको थियो । एनकोकका अनुसार पाकिस्तानमा हालसम्म नौ लाख ५० हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र २२ हजारको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा पनि २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् ।
पाकिस्तानमा हाल ३३ हजार ४५२ जना सक्रिय संक्रमित छन् भने आठ लाख ९५ हजार संक्रमणमुक्त भएका छन् । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त कोभिड–१९ बाट सर्वाधिक प्रभावित रहेको छ । यहाँ तीन लाख ४५ हजार व्यक्ति संक्रमित भएका थिए । त्यस्तै दक्षिणी सिन्ध प्रान्तमा पनि तीन लाख ३३ हजार व्यक्ति संक्रमित भएका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद