शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिणकालीमा भेटिएको शवको सनाखत हुन सकेन

हत्या गरेर छाडेको प्रहरीको निष्कर्ष
बुधबार, ०९ असार २०७८, ०९ : २९
बुधबार, ०९ असार २०७८

काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या भएको छ । अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको बताइएको छ । 

घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क भेटिएको छ । मङ्गलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै उनले लगाएको चप्पल भेटिएको थियो । हत्या गरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

‘सनाखत हुन सकेको छैन्’ एसएसपी खापुङले भने, ‘हत्या गरेर छोडेको हाम्रो निष्कर्ष छ, सनाखत गर्ने प्रयास गरिरहेका छौं ।’

घटनास्थलमा मृतकको नक्कली गहना पनि फेला परेको छ । घटना अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको थियो । तर, कुकुर घटनास्थल वरपर मात्र घुमेको र हत्यारा हिँडेको बाटोको ट्रयाक नलिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

मृतकको मास्क, कपडा र चप्पल कसैले चिनेमा अपराध महाशाखामा खबर गर्न एसएसपी खापुङले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप