बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘को होला त्यो’मा पल र प्रकृतिको रोमान्स

बुधबार, ०९ असार २०७८, १० : ०६
बुधबार, ०९ असार २०७८


लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको हिट गीत फिमेल भर्सनमा पनि रिलिज भएको छ। आकर्षक भिडियो सहित रिलिज गीतमा गायिका अस्मिता अधिकारीको स्वर समेटिएको छ ।
सुनिलकै शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ । निषेधाज्ञा अगाडी कालिन्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायाँंकन गरिएको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

गायक गिरीले ८ वर्ष अगाडी पल र प्रकृतिलाई नै लिएर यो गीतको पुरुष भर्सनमा भिडियो बनाएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो । ८ वर्ष पछि सोही टिम दोहोरीएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीको रहेको छ ।

अनिल कृष्ण मानन्धरको छायाँंकन र निर्देशन रहेको भिडियोमा सम्पादन र कलरिगं मनोज कार्कीले गरेका छन् ।
सार्वजनिक गीतमा टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा उत्कृष्ट एकलाई पुरस्कृत गरिने गिरीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप