अरुण भ्यालीको सेयर लिलामीमा बिक्री खुल्यो
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर लिलामीमा बिक्री खुला गरेको छ । ४ लाख ३५ हजार ८ सय ९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।
यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र असार १६ गतेसम्म पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरीबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथलीबाट पनि बोलपत्र आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद