शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउड अभिनेत्री जोआन लिनविलको निधन

बुधबार, ०९ असार २०७८, ११ : १४
बुधबार, ०९ असार २०७८

हलिउड अभिनेत्री जोआन लिनविलको निधन भएको छ । अभिनेत्रीको ९३ वर्षमा निधन भएको हो । लिनभिलले ‘स्टार ट्रेक’मा रोमुलनको भूमिका निर्वाह गर्ने पहिलो अभिनेत्री थिइन् ।
अभिनेत्रीको निधनमा अभिनेता तथा लेखक मार्क ए. अल्टम्यानले ट्वीट मार्फत दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन् ‘लिनभिलको निधनको सुनेर निकै दुःख लाग्यो ।’

लिनभिनले १९५० देखि १९८० सम्म १०० बढी फिल्म तथा टिभी शोमा काम गरेकी छन् । १९६२ मा अभिनेत्रीले निर्देशक मार्क रिडेलसँग बिवाह गरेकी हुन् । उनका दुई बच्चा एमी र क्रिस्टोफर रिडल रहेका छन् । उनले अभिनय करियरलाई लिएर ‘सेभेन स्टेप्स’ नामक पुस्तक समेत लेखेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप