एनआरएन जापानमा अनियमितताको विवाद
गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन ।
कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ । यो विवादले राजनीतिक रुप लिने समेत देखिएको छ ।
एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लागेको थियो । त्यसबेला बनाइएको छानबिनका समितिले भ्रष्टाचार भएको ठहर गरेको थियो । एनआरएनए, जापानका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित बहुमत कार्यसमिति सदस्यले अध्यक्ष भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै राजीनामा नदिए निलम्बन गर्ने तयारी गरेका छन । अध्यक्ष भण्डारीले भने उक्त आरोप केवल आरोप मात्रै भएकाले आफूले अनियमितता नगरेको जिकिर गरे । यो विवादले समयमा अधिवेशन नहुने आशंका पैदा भएको छ ।
क्षेत्रीय कमिटीहरु र एक हजारभन्दा बढी सदस्य रहेको क्षेत्रीय कमिटीको निर्वाचन भइरहेको छ । यही जुन महिनाभित्र १२ वटै क्षेत्रीय कमिटीको अधिवेशन सहित नयाँ नेतृत्व चयन प्रक्रिया सकाउन एनआरएनए जापानले निर्देशन दिएपछि उक्त प्रक्रिया शुरु भएको हो ।
हालसम्म नागोया, क्युुसो, चिबा, तोचिगि, कान्तो, ओकिनवा, कान्साई, नागानौसहितका क्षेत्रीय कमिटीका अधिवेशन सकिएको छ । नागोया क्षेत्रीय कमिटीले भने आफनो अधिवेशन सकाएका भएपनि नयाँ नेतृत्व चयन प्रक्रियामा विवाद देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा