मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

५० प्रतिशतको कोटाले आन्तरिक उडानमा सकस

आइतबारबाट मात्र उडान सुचारु हुने
बुधबार, ०९ असार २०७८, १२ : ३४
बुधबार, ०९ असार २०७८

सरकारले अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडानलाई समेत ५० प्रतिशतमा सञ्चालन गर्न दिने निर्णय गरेसँगै आन्तरिक हवाई उडानतर्फ अन्योलता छाएको छ । उडानमा ५० प्रतिशतको कोटा निर्धारणले कसले कुन समयमा कति उडान भर्न पाउने भन्ने अन्योलता छाएको नेपाल वायुसेवा सञ्चालक संघ (एओएन) का प्रवक्ता योगराज कँडेलले रातोपाटीसँग बताए । यद्यपि, सम्बन्धित निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन विमानस्थल उडान व्यवस्थापनसँग छिटोभन्दा छिटो संघले छलफल गरेर एउटा निष्कर्षमा पुग्ने उनले बताए ।

‘सरकारले अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडान पनि खोल्ने निर्णय त ग¥यो तर ५० प्रतिशतको कोटा निर्धारणले समस्या पारेको छ । कुन फ्लाइटलाई कति उडान दिने र लोड फ्याक्टर कति रहने भन्नेमै अन्योलता छ,’ उनले भने, ‘त्यति मात्र नभएर एक फ्लाइट पछिको अर्को फ्लाइट बीचको समय दूरीसमेत कति रहने भन्नेमै अन्योलता छ । यस्तो अवस्थामा हामीले क्यानको निर्देशन (सेड्युल) पर्खिएका छौं ।’

‘आजभोलिमा एउटा ठोस निर्णय निक्लेला । क्यानले सम्बन्धित, एयरलाइन्स, त्रिभुवन विमानस्थल लगायतसँग छलफल गर्दैछ । एनी हाऊ, उडान त अब खुल्ने नै भयो । मलाई लाग्छ ढिलामा आउँदो आइतबारबाट नियमित उडान सञ्चालन हुनेछन्,’ कँडेलले भने ।

यता क्यानले पनि अहिले प्राधिकरण उडान व्यवस्थापनसम्बन्धी सेड्युल निर्माणमै केन्द्रित भएको बताएको छ । सो बारे रातोपाटीसँग कुरा गर्दै क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले अहिले प्राधिकरणले सम्बन्धित एयरलाइन्सहरु र टीआईए (त्रिभुवन विमानस्थल) सँग छलफल थालेको र केहि दिन भित्र सेड्युल सार्वजनिक गरिने जानकारी दिए । यद्यपि, फ्लाइट भने आउँदो आइतबारदेखि मात्र पुनः सञ्चालनमा आउन सक्ने उनले बताए ।

उता अन्तर्राष्ट्रिय उडान तर्फ भने कुनै समस्या नरहेको उनको भनाई छ । हाल नेपाल एयरलाइन्ससहित १८ कम्पनीका जहाजहरूले आन्तरिक (डोमेस्टिक) उडान भर्दै आएका छन् । जसमध्ये अधिकतम १० वटा हेलिकप्टर सञ्चालक कम्पनीहरु रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप