शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेक्सन इलेक्ट्रीक एसयूभीः घरैमै चार्ज गर्न सकिने, एक पटक चार्ज गरेपछि ३०० किलोमिटरलाई ढुक्क, छिट्टै बुकिङ्ग खुल्ने

बुधबार, ०९ असार २०७८, १३ : ११
बुधबार, ०९ असार २०७८

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले नेपालमा नयाँ नेक्सन इलेक्ट्रीक एसयूभी गाडीको बुकिङ्ग चाँडै खुलाउने घोषणा गरेको छ । अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदुषण रहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ । 

यस विद्युतिय गाडीको वनावट आकर्षक हुनुका साथै छरितो ढंगले द्रुतगतिमा हाँक्न सकिने खालको भएको कम्पनीले जनाएको छ । लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने र ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई तुरुन्त आफ्नै घरमा चार्ज गर्न मिल्ने सिप्रदीले जनाएको छ । 

सन् २०२० को जनवरीबाट भारतमा बिक्री वितरण सुरु भएको यस गाडीले छोटो अवधिमै भारतीय बजारमा आफ्नो बिशिष्ट पहिचान बनाइसकेको छ । आजको मितिसम्म यसले भारतीय विद्युतिय गाडी बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

पछिल्लो समय नेपाल सरकारले तर्जुमा गरेको निती नियमले नेपाल विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न प्रतिवद्ध देखिन्छ । यसबाट प्रोत्साहित भएर टाटाले आफ्नो नयाँ कार छिट्टै नेपालमा ल्याउन लागेको जनाएको हो । 

टाटा मोटर्सले नेपालमा विद्युतिय सवारी साधनको प्रभावकारी संचालनका लागि एक पूर्ण इकोसिस्टमको विकास गर्ने लक्ष्य राखेको छ । यसका लागि कम्पनीले उत्कृष्ट विद्युतिय गाडी भित्र्याउनुको अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, बिभिन्न स्थानमा चार्जिङ्ग लगाएतका सुविधाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

टाटा पेसेन्जर भेहिकल युनिटको अन्तर्राष्ट्रिय व्यापार प्रमुख मायांक बाल्डीले नयाँ नेक्सन इभी गाडीले कम खर्चमा नेपाललाई हरित प्रविधिको अंगिकार गर्न पनि मद्दत गर्ने बताए । वातावरण मैत्री यस गाडीमा यात्रुको सुविधाजनक यात्रा र सुरक्षालाई बिशेष ध्यान दिई तयार पारिएको उनको भनाइ छ ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले वातावरण मैत्री, अत्याधुनिक सुविधा सम्पन्न र आरामदायी नेक्सन इलेक्ट्रीक एसयूभी गाडीले नेपालमा विद्युतिय सवारी साधनको बजारको विकास र विस्तारमा अग्रणी  भूमिका खेल्ने बताए ।

बनावट
“इम्प्याक्ट डिजाइन२.०” अवधारणा अन्तर्गत तयार पारिएको यसको वनावट अरु भन्दा विल्कुल भिन्न र आकर्षक देखिन्छ । गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनी व्यवस्थापनको लागि बिशेष व्यवस्था पनि रहेको छ । यस्तो व्यवस्थाले यात्रालाई आनन्ददायक र शान्त बनाउन सहयोग गर्दछ । सात इन्चको हर्मन इन्फोटेन्मेन्ट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ ।

कार्यक्षमता
जिप्पी प्रविधिले सम्पन्न नेक्सनको  कार्यक्षमता उत्कृष्ट  रहेको कम्पनीले दावी छ । ३०.२ किलोवाटको उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको छ । यस कारणले नेक्सन इभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्दछ । ड्राइभ र स्पोर्ट्स गरी दुई ड्राइभ मोड भएको यो गाडी ट्राफिक जामको अवस्था मात्र नभई उकालो बाटोहरुमा पनि अत्यन्त उपयुक्त भएको पाइन्छ ।

दुरी र चार्जिङ 
एक पटक चार्ज गरेपछि यस गाडीले बिना कुनै झन्झट २०० देखि २५० किलोमिटरको दुरी तय गर्न सक्छ । यदी डीसी चार्जर प्रयोग गरियो भने नेक्सन इभीको ८० प्रतिशत ब्याट्री क्षमता ६० मिनेटमै प्राप्त गर्न सकिने कम्पनीको दावी छ ।

बिशेष सुरक्षा
नेक्सन इभी ग्लोबल एनक्याप रेटिङ्ग अनुसार यस गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसको परिक्षण १० लाख किलोमिटरको लामो एवं भूगोल र मौसमको दृष्टिले अति चुनौतिपूर्ण बाटोहरुमा सफलतापूर्वक भइसकेको कम्पनीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप