शेरबहादुर तामाङले सार्वजनिक गरे १९ दिने कामको फेहरिस्त : गाँजाको औषधीय अनुसन्धान सुरु
पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । १९ दिन पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका तामाङ सहित अन्य २० मन्त्रीलाई मंगलबार सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।
मन्त्री तामाङले १९ दिनमा कोरोना नियन्त्रणका लागि आफूले इमान्दार प्रयत्न गरेको उल्लेख गरेका छन् ।
खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको उनको दावी छ ।
उनले पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवन माथी नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिने बताएका छन् । उनले भनेका छन्–‘राजनितिको खेलमा नेपाली नागरिकको जीवनमाथि खोलवाड गर्ने छुट कसैलाई छैन ।’
यस्तै सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरुवात गरेको मन्त्री तामाङको दावी छ ।
उनले सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको र गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि