बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

बुधबार, ०९ असार २०७८, १४ : ०७
बुधबार, ०९ असार २०७८

लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र  विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो । आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठक स्थगित भएको  थियो । 

विपक्षी दलहरूको सहमतिमै आजको बैठक सारिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिए । असार २१ गते जसपाका ४ सांसदको बारेमा सर्वोच्चबाट फैसला आइसकेपछि निचोडमा जाने दलहरुबीच सहमति भएपछि बैठक सारिएको उनले रातोपाटीलाई बताए । बैठक असार २७ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप