शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब ३३ लाख विगो दाबी

बुधबार, ०९ असार २०७८, २१ : ००
बुधबार, ०९ असार २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको हो ।
उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप