शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको प्रश्न–‘वर्तमान प्रधानमन्त्रीले फेरि प्रतिस्पर्धा गर्न पाउनुहुन्न ?’

बुधबार, ०९ असार २०७८, १५ : ०९
बुधबार, ०९ असार २०७८

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासँगै प्रधानमन्त्रीमा दावी गर्नु उचित होकी होइन भन्नेबारे प्रश्न गरेका छन् । 

संवैधानिक इजलासमा बरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीलाई उनले सोधे–‘उहाँ (केपी ओली) धारा ७६ को उपधारा–३ को सरकार त हुनुहुन्छ नि, अहिले विश्वासको मत पाएको नपाएको कुरा बेग्लै होला, अनि फेरी प्रतिस्पर्धा गर्न पाईँदैन र ?’

केपी शर्मा ओलीले धारा ७६ को उपधारा–५ अनुसार प्रधानमन्त्री पदमा आफुलाई दाबी गरेका थिए । बरिष्ठ अधिवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरी दाबी गर्न नमिल्ने जवाफ दिएका छन् । कार्कीले भने–‘राजीनामा गर्नुपर्छ, त्यसरी भाँजो हालेर बस्न मिल्दैन । अब, ७६ (५)को अवस्थामा गैसकेको छ ।’ 

राष्ट्रपतिले एउटै मान्छेलाई पटक पटक नियुक्त गर्न नमिल्ने तर्क उनले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप