बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शम्भु थापालाई प्रधानन्यायाधीशले सोधे–‘बहुमत नपुगेपछि राष्ट्रपतिले फेरि इन्कार गर्न पाउनुहुन्छ नि हैन ?’

बुधबार, ०९ असार २०७८, १६ : ४७
बुधबार, ०९ असार २०७८

वरिष्ठ अधिवक्ता शम्भु थापालाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहुमत नपुगेको अवस्थामा फेरि पनि राष्ट्रपतिले इन्कार गर्न पाउने की नपाउने भन्नेबारे प्रश्न गरेका छन् । संवैधानिक इजलासमा विघटन मुद्दामा सुनुवाइ गर्दा जबराले थापालाई सोधे– ‘बहुमत नपुगे फेरि पनि राष्ट्रपतिले इन्कार गर्न पाउनुहुन्छ नि हैन ?’ धारा ७६ (१) ले बहुमत प्राप्त दल भनेको उल्लेख गर्दै जबराले उपधारा–३ मा गएपछि फेरि आधार उपधारा–१ कै भएको बताए । 

थापाले आफैंले पालना नगर्ने हो भने संविधान किन लेखेको भनेर प्रतिप्रश्न गरे । ‘अर्को संविधानको जन्म दिए भैहाल्यो निँ‘ थापाले भने–‘आफु पालना नगर्ने हो भने संविधान लेखेको किन ?’

प्रधान न्यायाधीशले अर्को प्रश्न सोधे– उहाँले  (राष्ट्रपतिले) हेड काउन्ट गर्नुभो, १३६ पुगेन भने रिजेक्ट गर्न पाउने की नपाउने ?’

जवाफमा थापाले भने –‘रिजेक्ट गर्न पाइन्छ भनेर म भन्दिनँ । किनभने यहाँ मन्त्रिपरिषद् जन्मिनै पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप