बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टोस्टमास्टर्सद्वारा भर्चुअल साइटेसन २०२१ को आयोजना

बुधबार, ०९ असार २०७८, १६ : ४७
बुधबार, ०९ असार २०७८

काठमाडौं । नेपालमा टोस्टमास्टर्सले एक्स्ट्राभ्यागेन्जा भर्चुअल साइटेसन २०२१ को आयोजना गरेको छ । यस कार्यक्रमले पब्लिक स्पिकिङ र लिडरसिप स्किल्स सिक्नको लागि एक सुरक्षित र सहयोगी वातावरणको सिर्जना गरेको आयोजकको दावी छ । 

करीब ३०० सदस्यहरुको साथमा टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को हिस्सा रहेको नेपालले असार ५ गते वार्षिक एक्स्ट्राभ्यागेन्जा भर्चुअल साइटेसन मनाएको हो । 

भी साइटेसनको दौरानमा, डिभिजन डिरेक्टरहरुले आफ्नो उपलब्धीहरु प्रस्तुत गरे र टोस्टमास्टर अफ द एयर अवार्डले निल पाण्डे (डिभिजन ए), सुभरथ पौडेल (डिभिजन एन)र कुमार थापा (डिभिजन ओ)लाई सम्मानित गरे । 

धेरै व्यक्तिहरु अझ राम्रो वक्ता र नेता बन्न सशक्त भएको हुँदा सन् २०२४ सम्ममा नेपालमा १०० वटा क्लबहरू खोल्ने र यसलाई डिस्ट्रिक्टको रुपमा स्थापित गर्ने लक्ष्य साइटेसनको भएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप