शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य बन्न खोज्दै मेलम्ची बजार, तस्बिरमा हेर्नुहाेस्

बुधबार, ०९ असार २०७८, १७ : १५
बुधबार, ०९ असार २०७८

मेलम्चीमा बाढी आएको मंगलवार एक साता पुगेको छ । करिब २०० परिवार विस्थापित गरेको मेलम्चीको वितण्डा एक हप्तामा अलिक शान्त भएको छ । खोला अहिले बस्ती बाहिर पुगिसकेको भए पनि रौद्र रुप  देखाइ नै रहेको छ । कैयन घरका तलामा बालुवा छिरेको छ, ठूलो धनजनको क्षति भएको छ र सम्पर्क सञ्जालका साथै सडक सञ्जाल पनि टुटेको छ ।

गत मंगलवार आएको भेलसँगै सावित्री अधिकारीको सपना र सहारा पनि बगेको छ । मेलम्ची बजारमा रहेको आफ्नो माइतीघरमा बस्दै आएकी अधिकारीको सहारा रहेको माइती नै सकिएको छ । उनको माइतीघर अहिले बालुवाले भरिएको छ र अहिले उनी नजिकै रहेको स्कुलमा आश्रय लिइरहेकी छिन् ।

अधिकारीको जस्तै नियति भोग्ने अन्य ६० परिवार स्कुलमा शरण लिइरहेका छन् ।

मेलम्ची बजार बिस्तारै सामान्य बन्ने प्रयासमा रहेको छ । बालुवा, माटो ढुङ्गाले पुरेको आफ्नो घरबाट स्थानीयहरु आफ्नो सामान निकाल्ने प्रयत्नमा लागेका छन् । साथै खुला स्थानमा विस्थापितहरुलाई बस्नका लागि टेन्ट राख्ने काम सुरु भएको छ । स्थानीयले सावेल लगाएका औजार प्रयोग गर्दै पुरिएको घर खोस्रिँदै सामान निकाल्ने प्रयासमा लागिरहेका छन् भने नगरपालिकाले आवश्यकता अनुसार राहत सामग्री उपलब्ध गराउन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप