शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारदेखि कास्कीका सरकारी कार्यालयले सेवा सञ्चालन गर्ने

बुधबार, ०९ असार २०७८, २२ : ३७
बुधबार, ०९ असार २०७८

कास्कीका विभिन्न सरकारी कार्यालयहरूले बिहीबारदेखि अत्यावश्यकीय सेवा सञ्चालन गर्ने भएका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बन्द भएको सेवालाई बिहीबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शान्ति सुरक्षा, ठाडो उजुरी, मुद्दा मामिला, नागरिकता, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, संघसंस्था दर्ता, नवीकरण, भारतीय पेन्सन सिफारिस लगायतका सेवा प्रवाह हुने जानकारी दिएको छ ।

प्रशासनले प्रत्येक दिन सञ्चालन गर्न निर्देशन गरेका सेवाहरुका लागि विभिन्न स्थान तोकेर सूचना जारी गरेको छ । जिल्ला प्रशासनले भीडभाड कम गराउन सेवाका प्रकार अनुसार छुट्टाछुट्टै दिनहरू तोकिएको हो  ।

यसैगरी यातायात व्यवस्था कार्यालय पोखराले बिहीबार देखि नै सेवाग्राहीका लागि कार्यालय खोल्ने जनाएको छ । बुधबार सूचना जारी गर्दै सेवाग्राहीलाई सिमित टोकन वितरण गरी सेवा प्रवाह गर्ने  जानकारी दिएको हो । कार्यालयका अनुसार सवारी साधन कर, आयकर, नवीकरण दस्तुर, ब्लुबुक नवीकरण, रुट परमिट नवीकरण तथा नयाँ सवारी दर्ताको काम हुनेछ ।

बिहान ९ः३० देखि २०० वटा टोकनमात्र वितरण गरिनेछ । जसमा एक व्यक्तिले बढीमा ३ वटा टोकनभन्दा बढी दिन नपाउने कार्यालयले जनाएको छ । साथै यातायात कार्यलयले सवारी साधन सुचारु भएको ६० दिनभित्र कर तिर्न आएमा जरिवाना नलाग्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप