बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यूरो २०२० : यस्तो अवस्थामा फ्रान्ससँग हारे पनि पोर्चुगल अन्तिम–१६ मा छनोट हुने

बिहीबार, १० असार २०७८, ०० : ३३
बिहीबार, १० असार २०७८

आज यूरो २०२० को समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । आजको खेलपछि अन्तिम १६ को अन्तिम समीकरण तय हुनेछ ।

हालसम्म १० वटा टोली समूह विजेता र उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेका छन् । यसमा इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अस्ट्रिया, इंग्ल्याड, क्रोएसिया, स्वीडेन र स्पेन रहेका छन् । त्यस्तै, स्वीटजरल्याण्ड, चेक रिपब्लिक र युक्रेनले पनि उत्कृष्ट तेस्रो टोली बनेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन् ।

अब समूह एफको खेलको टुंगो लाग्न बाँकी रहेको छ । फ्रान्सले पनि अन्तिम १६ मा स्थान पक्का गरिसके पनि आजको खेलपछि मात्र समूहमा उसको स्थानको टुंगो लाग्नेछ ।

Pos   Team P W D L F A +/- PTS Form
1   FranceFrance 2 1 1 0 2 1 +1 4 D W
2   GermanyGermany 2 1 0 1 4 3 +1 3 W L
3   PortugalPortugal 2 1 0 1 5 4 +1 3 L W
4   HungaryHungary 2 0 1 1 1 4 -3 1 D L

आज फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरी भिडिरहेका छन् । फ्रान्ससँग ड्र वा जीत हासिल गरे पोर्चुगलको अर्को चरणको यात्रा सहज हुनेछ । तर, हाल समूहको तेस्रो स्थानमा रहेको पोर्चुगल फ्रान्ससँग हारे पनि उत्कृष्ट चार तेस्रो टोलीमध्ये रहेर नकआउट चरणमा प्रवेश गर्नेछ । तर, पोर्चुगलले चार वा सोभन्दा बढी गोलको हारलाई भने टार्नुपर्ने हुन्छ ।

यद्यपि, हंगेरीसँग जर्मनी हारे फ्रान्ससँग जुन सुकै स्कोरलाइनमा हरे पनि पोर्चुगल समूहको चौथो बनेर प्रतियोगिताबाट बाहिरिनेछ ।

यस्तो छ उत्कृष्ट तेस्राे टोलीको अवस्था

Rank Group Team MP W D L GF GA GD Points
1 D Czech Republic (Q) 3 1 1 1 3 2 1 4
1 A Switzerland (Q) 3 1 1 1 4 5 -1 4
2 F Portugal 2 1 0 1 5 4 1 3
3 C Ukraine (Q) 3 1 0 2 4 5 -1 3
4 B Finland 3 1 0 2 1 3 -2 3
5 E Slovakia 3 1 0 2 2 7 -5 3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप