शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम खेलमा गोल वर्षा गर्दै स्पेन दोस्रो चरणमा

बिहीबार, १० असार २०७८, ०७ : १९
बिहीबार, १० असार २०७८

सुरुवाती दुई खेलमा बराबरीमै रोकिएको स्पेन अन्ततः समूहको अन्तिम खेल जितेर समूह ईबाट दोस्रो चरणमा छनोट भएको छ । स्पेनले स्लोभाकियालाई ५–० ले हराएको हो । खेलमा अयमेरिक लापोर्टा, पाब्लो साराबिया र फेरान टोरेसले स्पेनबाट एक–एक गोल गरे । बाँकी दुई गोल भने आत्मघाती थिए । 

मार्टिन डुब्राकाले आत्मघाती गोल गर्दा खेलको ३० औं मिनेटमा स्पेनले १–० ले पछि परेको थियो । ४५ मिनेटमा लापोर्टाले गोल थप्दा स्पेन २–० ले अघि बढ्यो ।
५६ मिनेटमा साराबियाले स्पेनलाई ३–० को अग्रता दिलाए । त्यस्तै, ६७ मिनेटमा टोरेसले ४–० ले अघि बढाए । ७१ मिनेटमा जुराज कुकाले गोल गर्दा स्पेन ४–१ ले विजयी भयो ।

जीतसँगै ५ अंक बटुलेर स्पेनले समूह ईबाट उपविजेताका रुपमा दोस्रो चरणको यात्रा ग¥यो । ३ अंकमात्रै बटुलेको स्लोभाकिया गोलअन्तरमा युक्रेनसँग पछि परेकाले तेस्रो हुने उत्कृष्ट टोलीका रुपमा अन्तिम १६ मा छनोट हुन असफल रह्यो । 

यही समूहको अर्को खेलमा स्विडेनले पोल्यान्डलाई ३–२ ले हरायो । जीतसँगै स्विडेन समूह विजेताका रुपमा दोस्रो चरणमा छनोट भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप