केन्द्रीय संस्करण

रोनाल्डोले बराबरी गरे सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमान

person explore access_timeअसार १०, २०७८ chat_bubble_outline0

क्रिष्ट्रियानो रोनाल्डोे अहिले निकै फर्ममा छन् । पाँचौ युरोकप खेलिरहेका रोनाल्डोले समूह चरणका तीनवटा खेलमा पाँच गोल गरिसकेका छन् । उनले हंगेरीविरुद्ध दुई, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध दुई गोल गरे ।

फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा ईरानका अली देईले मात्र यति धेरै गोल गरेको इतिहास छ ।

अलीले १९९३ देखि २००६ सम्म ईरानबाट १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए । रोनाल्डोले आफ्नो १ सय ७८ औं अन्तर्राष्ट्रिय खेलमा यो किर्तिमान बराबरी गरे । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.