शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'केजिएफ'का अभिनेता यश लिन्छन् एउटा फिल्मको यति ठूलो रकम

बिहीबार, १० असार २०७८, ०९ : २५
बिहीबार, १० असार २०७८

कन्नड अभिनेता यशको वास्तविक नाम नवीन कुमार गौडा हो । उनको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनका पिता एक यातायात कम्पनीमा ड्राइभर  को काम गर्थे । 

सन् २०१८ मा रिलीज भएको फिल्म ‘केजीएफ’ (KGF) मा दमदार अभिनय गरेका यशको अभिनयले मानिसहरुलाई मोहित बनाएको थियो । मिडिया रिपोर्टका अनुसार केजीएफको अर्को सिजन पनि छिट्टै रिलीज हुने भएको छ । यश ‘रकी भाई' को नामले परिचित यशका जीवनमा थुप्रै रोचक कहानी छ । 

भारतको कर्नाटकको हसन जिल्लामा जन्मिएका यशले सानै उमेरदेखि फिल्मको अभिनेता बन्ने सपना देखेका थिए । त्यसैले उनी बैंगलोर गएका थिए । 

उनी कन्नड फिल्मका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनी एउटा फिल्म खेलेबापत १५ लाख (भारतीय रुपियाँ) लिने गर्छन् । उनी यति सम्पन्न अभिनेता भएपछि पनि उनका पिताले अझैसम्म उनको काम छोडेका छैनन् । 

ठूलो पर्दामा चर्चा कमाएका यशले टेलिभिजन सिरियलमा समेत काम गरेकी छन् । उनले 'नंदा गोकुला' नामको टेलिभिजन सीरियलबाट डेब्यू गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप